Section 40B
अध्ययन, तालिम वा अध्ययन भ्रमणसम्बन्धी व्यवस्था
(१) सम्बन्धित मन्त्रालय, आयोग वा सचिवालयले आफ्नो मातहतका कर्मचारीलाई अध्ययन, तालिम वा अध्ययन भ्रमणमा पठाउनको लागि प्रत्येक वर्ष सो सम्बन्धी विवरण तयार गरी सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवरण प्राप्त भएपछि सामान्य प्रशासन मन्त्रालयले अध्ययन, तालिम वा अध्ययन भ्रमणको लागि विषयगत आधारमा संख्या किटान गरी त्यसको विवरण राष्ट्रिय योजना आयोगमा पठाउनुपर्नेछ ।
(३) नेपाल सरकारको नाममा राष्ट्रिय योजना आयोग र अन्य सरकारी निकायमा प्राप्त भएका अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्वन्धी अवसर नेपाल ब्यवस्थापिका–संसद सेवा, नेपाल स्वास्थ्य सेवा लगायत सवै सेवालाई न्यायिक तवरले वाँडफाँड गर्न देहाय बमोजिमको
समिति रहने छ –
(क) नेपाल सरकारको मुख्य सचिव – अध्यक्ष
(ख) अर्थ मन्त्रालयको सचिव – सदस्य
(ग) कानून, न्याय, सविधानसभा तथा संसदीय
मामिला मन्त्रालयको सचिव – सदस्य
(घ) राष्ट्रिय योजना आयोगको सचिव – सदस्य
(ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य सचिव
(३क) उपदफा (३) बमोजिम प्राप्त अध्ययन तालिम वा अध्ययन भ्रमण सम्वन्धी अवसर वाँडफाँड सम्वन्धमा भएको काम कारवाही सम्वन्धी बार्षिक प्रतिवेदन ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समिति समक्ष पेश गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिमको समितिको निर्णयानुसारको अवसरहरूको वितरण सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।
(४क) यस दफा बमोजिम बैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्पन्न गरेपछि सो सम्वन्धी प्रतिवेदन तयार गरि आफ्नो कार्यालयमा पेश गर्नुपर्नेछ ।
(५) अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन गर्ने सम्बन्धी आधारहरू तोकिएबमोजिम हुनेछन् ।